शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

मन्त्री रेणु यादवले विवादास्पद अभिव्यक्ति नदिएको प्रदेश राज्यमन्त्री योगेन्द्रको दाबी

शुक्रबार, ०७ माघ २०७८, ११ : ४०
शुक्रबार, ०७ माघ २०७८

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले संघीय सरकारका भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई धम्की नदिएको दाबी गरेका छन् । मन्त्री रेणु यादवको अभिव्यक्तिलाई लिएर आलोचना बढ्न थालेपछि राज्यमन्त्री योगेन्द्रराय यादवले संघीय सरकारका मन्त्री यादवको बचाउ गरेका हुन् । बलिदानी दिवसको अवसरमा समाजवादी यूवा संघको आयोजनामा रौतहटको गौरमा आयोजित सभामा मन्त्री यादव पुग्नुपूर्व जनमतका कार्यकर्ताले साङ्घातिक हमलाको प्रयास गरेको आरोपसमेत राज्यमन्त्री यादवले लगाए ।

​जनकपुरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री यादवले संघीय सरकारका मन्त्री यादवको बचाउ गरेका हुन् । उनले मन्त्री यादवबाट गौरमा आयोजित सभामा हत्याहिंसाको भाषण नगरिएको दाबीसमेत गरे । मन्त्री यादवले बोलेका कुरालाई सम्पादन गरेर योजनावद्ध रुपमा विवादमा तान्ने काम भइरहेको उनको आरोप छ । राज्यमन्त्री यादवले हिंसात्मक गतिविधि नगर्न जनमत पार्टीका कार्यकर्तालाई आग्रह समेत गरे ।

उनले आफुहरुसँग हजारौँ कार्यकर्ता रहेको भन्दै न्यून संख्यामा रहेका जनमतका कार्यकर्ताहरुलाई संयमित भएर बस्न घुमाउरो भाषामा चेतावनी समेत दिए । किसान आन्दोलनको नाममा जनमत पार्टीले गैरलोकतान्त्रिक र अराजक गतिविधि गरिरहेको उनको आरोप थियो ।

गौर नरसंहार दोहो¥याउने अभिव्यक्ति मन्त्री रेणु यादवले नदिएको दाबी गर्दै राज्यमन्त्री यादवले भने, ‘गौर घटनामा हाम्रो पार्टीको संलग्नता नै छैन, मन्त्री रेणु यादवज्यूले गौर घटना दोहो¥याउने कुरा गर्नु भएको होइन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप