शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि विकास बैंकले ६ महिनामा १ अर्ब ४२ करोड नाफा कमायो, अरु सूचकांकमा के छ अवस्था ?

शुक्रबार, ०७ माघ २०७८, ११ : ४१
शुक्रबार, ०७ माघ २०७८

कृषि विकास बैंकले चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४२ करोड २५ लाख रूपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा १० करोड रूपैयाँ बढी कमाउँदै यस्तो नाफा गरेको हो । बैंकले गत वर्षको पुस मसान्तसम्म १ अर्ब ३२ करोड १६ लाख रूपैयाँ रूपैयाँ खुद मुनाफा कमाएको थियो ।

यस्तै समीक्षा अवधिमा बैंकले ३ अर्ब ७४ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको पुस मसान्तसम्म यस्तो ब्याज आम्दानी बैंकले २ अर्ब ८८ करोड रूपैयाँ गरेको थियो । बैंकले सार्वजनिक गरेको चालू आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ८८ करोड १५ लाख रूपैयाँ छ ।

बैंकको ईपीएस १९.११ रूपैयाँ कायम भएको छ भने पीई रेसियो २२.३५ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २०५.४० रूपैयाँ छ । बैंकको कस्ट अफ फन्ड र ब्याजदर स्प्रेड बढेका छन् भने बेस रेट र खराब कर्जा कम भएका छन् । 

वित्तीय विवरणअनुसार कस्ट अफ फन्ड, बेस रेट, खराब कर्जा र ब्याजदर स्प्रेड क्रमशः ५.५१, ७.५३, २.०८ र ४.३८ प्रतिशत छन् । जुन अघिल्लो आवको पुस मसान्तसम्म क्रमशः ५.२६, ७.६७, ३.१४ र ४.३७ रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप