शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोभिडबाट पछिल्लो २४ घन्टामा ७०३ जनाको मृत्यु

शुक्रबार, ०७ माघ २०७८, ११ : ३४
शुक्रबार, ०७ माघ २०७८

 

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३.४७ लाख नयाँ संक्रमित भेटिएका छन् । 

बिहिबारको तुलनामा शुक्रबार भेटिएका नयाँ संक्रमितमा ९ प्रतिशतको वृद्धि भएको छ जबकी संक्रमितको दर १६.४१ प्रतिशतले बढेर १७.९४ प्रतिशत भएको छ । 

यसबाहेक पछिल्लो २४ घण्टमा ७०३ जनाको मृत्युसमेत भएको छ । यो बिहिबार मृत्यु हुनेको संख्याभन्दा बढी छ । 

पछिल्लो २४ घण्टामा २.५१ लाखभन्दा बढी संक्रमित निको भएका छन् । यस्तै, सक्रिय संक्रमितको संख्या २०.१८ लाख हो । 

भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या ९,६९२ पुगेको छ । यसमा पनि अघिल्लो दिनको तुलनामा ४.३६ प्रतिशतको वृद्धि भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप