शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनामा २ अर्ब ६६ करोड नाफा गर्दै ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा

शुक्रबार, ०७ माघ २०७८, ११ : ३०
शुक्रबार, ०७ माघ २०७८

२७ वटा वाणिज्य बैंकहरू मध्येकै ठूलो बैंक ग्लोबल आईएमई बैंक चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी नाफा गर्ने बैंकको  शीर्ष स्थानमा रहन सफल भएको छ । बैंकले आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म २ अर्ब ६६ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएको हो । 

जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ३५ करोड रूपैयाँले बढी हो । बैंकले गत वर्षको पुस मसान्तसम्म २ अर्ब ३१ करोड ५१ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । बैंकले समीक्षा अवधिमा ४ अर्ब ७९ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तो ब्याज आम्दानी बैंकले अघिल्लो वर्षको पुस मसान्तसम्ममा ४ अर्ब ७७ करोड रूपैयाँ गरेको थियो ।

यस्तै बैंकले सार्वजनिक गरेको चालू आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख रूपैयाँ छ । बैंकको ईपीएस २२.३९ रूपैयाँ कायम भएको छ । यस्तै पीई रेसियो १४.५६ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४४.९७ रूपैयाँ छ ।

बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेको छ भने खराब कर्जा र ब्याजदर स्प्रेड कम भएको छ । वित्तीय विवरणअनुसार कस्ट अफ फन्ड, बेस रेट, खराब कर्जा र ब्याजदर स्प्रेड क्रमशः ६.१६, ७.९९, १.१३ र ३.५२ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप