शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा कोरोनाबाट एक पुरुषको मृत्यु

शुक्रबार, ०७ माघ २०७८, ११ : १६
शुक्रबार, ०७ माघ २०७८

कोरोना संक्रमणको तेश्रो लहरपछि पहिलोपटक वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगञ्जमा  गएराति भर्ना भएका ५० वर्षीय एक कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा जिल्ला महागढीमाई नगरपालिका ६ का ५० वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका कोभिड संयोजक डा.उदयनारायण सिंहका अनुसार राति साढे ८ बजे निजी अस्पतालबाट नारायणी अस्पतालमा भर्ना हुन आएका पुरुषको राति पौने १२ बजे उपचारका क्रममा मृत्यु भएको हो । मृतक पुरुषले कोरोना संक्रमण विरुद्धको खोप खोप लिएका थिएनन् । माघ ६ गते एन्टिजेन पोजेटिभ भएका उनी गम्भीर किसिमको कोभिड निमोनियाको लक्षण देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

संयोजक डा. सिंहका अनुसार अस्पताल भर्ना गर्दा उनको शरीरमा हाइपोग्लाइसेमिया ह्रास भएको अवस्था थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप