नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड नाफा कमायो

नबिल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकले यश वर्ष १७ करोड रूपैयाँ बढी नाफा कमाएको हो ।
तर, खुद नाफा बढ्दै गर्दा यता बैंकको वितरणयोग्य नाफामा भने गिरावट आएको छ ।
बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रूपैयाँमा संकुचित भएको छ । जुन अघिल्लो वर्षको भन्दा ३९ करोड रुपैयाँले कमी हो ।
यस्तै समीक्षा अवधिमा बैंकको ईपीएस पनि घटेको छ । गत पुस मसान्तसम्म २९.९९ रूपैयाँ रहेको प्रतिसेयर आम्दानी २३.५९ कायम भएको छ ।
यस्तै पीई रेसियो ४७.०६ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८४.२८ रूपैयाँ छ । बैंकले खुद ब्याज आम्दानी बढाएर ४ अर्ब २१ करोड पुर्याएको छ । बैंकको कस्ट अफ फन्ड, खराब कर्जा र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड ३.४४ प्रतिशतमा खुम्चिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म