मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षक तथा विद्यालयका कर्मचारीलाई बुस्टर डोज उपलब्ध गराउन माग

शुक्रबार, ०७ माघ २०७८, ११ : ०२
शुक्रबार, ०७ माघ २०७८

नेपाल शिक्षक सङ्घले सबै शिक्षक तथा विद्यालयका कर्मचारीलाई कोरोनाविरुद्धको खोपको तेस्रो मात्रा (बुस्टर डोज) उपलब्ध गराउन सरकारसँग माग गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै लाखौं विद्यार्थीको भविष्य निर्माणका लागि कृतसंकल्पित र क्रियाशील शिक्षक तथा विद्यालय कर्मचारीलाई अग्रस्थानमा काम गर्नेहरुको सूचीमा राखी प्राथमिकताका आधारमा बुस्टर डोज उपलब्ध गराइनुपर्ने बताएको हो ।

शिक्षक तथा विद्यालय कर्मचारीका लागि बुस्टर डोज उपलब्ध गराउन शिक्षक सङ्घले नेपाल शिक्षक महासंघसँग अनुरोध गर्नुका साथै सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

सङ्घले महामारीको समयमा उच्च सतर्कता अपनाउन, सरकारले घोषणा गरेका सबै स्वास्थ्य मापदण्ड अक्षरस: पालना गर्दै आफूले विगतदेखि सञ्चालन गर्दै आएको ‘घरघरमा विद्यालय अभियान’ लाई स्थान र समय सापेक्ष आवश्यक परिमार्जनसहित विद्यार्थीहरुको सिकाइ क्रियाकलापमा जोडिनका लागि मातहतका सबै सांगठनिक संरचना तथा सम्पूर्ण सदस्यलाई अनुरोधसमेत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप