शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी व्यक्ति जसले ६७ वर्षदेखि नुहाएका छैनन्, सडकमा मारिएका जनावर खान्छन् :  स्वस्थ देखेर सबै हैरान

शुक्रबार, ०७ माघ २०७८, १० : ५१
शुक्रबार, ०७ माघ २०७८

 

चिसो मौसममा नुहाउन जो कोहीलाई पनि कठिन लाग्न सक्छ । तर पनि बेलाबेलामा नुहाइन्छ । तर एक व्यक्तिले वर्षौँदेखि ननुहार्इ बसेका छन् भन्ने सुन्दा चाहिँ अचम्म लाग्ला त्यो पनि विगत ६७ वर्षदेखि ।

८७ वर्षका अमाउ जाजी नामका यी वृद्ध व्यक्तिले पछिल्लो ६७ वर्षदेखि ननुहाएको दाबी गरिन्छ । यसका साथै उनले आफ्नो दैनिक गुजारा सडकमा मारिएका जनावरहरु खाएर गर्ने गर्छन् । 

अमाउले पछिल्लो थुप्रै दशकदेखि दुर्भाग्य निम्तिने र यसले उनको मृत्यु नै गराउने भन्ने सोचेर ननुहाएको बताइन्छ । 

मिरर डट को डट यूकेमा प्रकाशित समाचार अनुसार यी व्यक्तिको खान्की सडकमा मारिएका जनावर विशेषगरी दुम्सी र खरायो हुने गर्छ र उनले सडकमा खाल्डाखुल्डीमा जमेका पानी पिउने गर्छन् । 

उनको यो अचम्मको जीवनशैलीका कारण उनका साथीभाइ र प्रेमिका बन्न सकेनन् । 

र उनलाई सबैभन्दा मनपर्ने भनेको जनावरको मल राखिएको एउटा पाइपमार्फत् धुँवाको सेवन गर्नु हो । उनको यो बानीले विशेषगरी उनलाई सबैबाट एक्लो बनाएको छ । तर उनको स्वास्थ्यको परीक्षण गर्नेहरुले भने उनी पूर्ण रुपमा स्वस्थ भएको बताएका छन्  ।

इरानका बासिन्दाले उनको अचम्मको जीवनशैलीबाट निकै प्रभाविभ भएर उनका लागि सानो झुपडी बनाइदिएका छन् । 

इरानको देजगाहस्थित उनको झुपडीमा पुगेका स्वास्थ्यकर्मीले विभिन्न परीक्षण गरेपश्चात् उनको शरीरमा कुनै गम्भीर खालको रोग र ब्याक्टेरिया नभएको पत्ता लगाए । 

विज्ञलाई लागेको थियो कि उनको शरीरमा विभिन्न परजीविले घर बनाएका छन् तर यत्तिका वर्षसम्म ननुहाउँदा र फोहोर जीवनशैली अपनाउँदा पनि उनको शरीरमा अन्य परजीविले घर नबनाएको र उनलाई खासै केही रोगसमेत नभएको उनीहरुले परीक्षण पश्चात् पाए । 

प्राध्यापक डा. घोलामरेजा मोलाभीले उनको विभिन्न परीक्षण गरेका हुन् र जाजीको प्रतिरोधी क्षमता असाध्यै बलियो भएकोले स्वस्थ भएको अनुमान गरे । 

सडकमा मारिएका जनावर खाने र सडकको खाल्डामा जमेको पानी खाँदा पनि जाजीलाई कुनै गम्भीर प्रकारको रोग नहुँदा स्वास्थ्य विज्ञसमेत अचम्ममा परेका छन् । 

 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप