बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिबन्धित जडीबुटी बरामद

शुक्रबार, ०७ माघ २०७८, १० : ४७
शुक्रबार, ०७ माघ २०७८

भारतीय सीमा नजिकै लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित जडीबुटी प्रहरीले बरामद गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिका–७ स्थित भन्सार नजिकै शाही ट्रेडर्स कवाड सङ्कलनस्थलबाट गए राति प्रहरीले ठूलो मात्रामा झ्याउ नामक जडीबुटी बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट १५१ बोरामा रहेको चार हजार ४५० किलो जडीबुटी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । बरामद भएको जडीबुटी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाइएको र कारोबारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

दुई फरार अभियुक्त पक्राउ

प्रहरीले दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । सार्वजनिक अपराध मुद्दामा विगत छ वर्षदेखि फरार रहेका दुई अभियुक्तलाई जिल्लाको बर्दघाट नगरपालिका–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शाहीका अनुसार जिल्ला अदालतबाट सार्वजनिक मुद्दामा विसं २०७२ माघ २४ गते फैसला भई तत्काल जनही रु पाँच हजार जरिवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप