
ADVERTISEMENT
अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना
अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् ।
सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विद्येयक तल्लो सदनबाट पारित भइसकेको छ । माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिले हस्ताक्षर गरेपछि विद्येयकले कानूनको रुप लिनेछ । खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ । त्यसका लागि सरकारले एक अर्ब ४० करोड डलर खर्च लाग्नेछ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ