
सिभिल बैंकले हान्यो छलाङ, ६ महिनामा १५० प्रतिशतले नाफा वृद्धि

सिभिल बैंकले व्यावसायिकतामा छलाङ नै मारेको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात् दोस्रो त्रैमाससम्ममा नै आफ्नो नाफा १५० प्रतिशतले वृद्धि गर्न सफल भएको हो । बैकले पुस मसान्तसम्ममा कुल ५० करोड रूपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैकले २० करोड २८ लाख रूपैयाँ मात्र नाफा गरेको थियो ।
तुलनात्मक रुपमा बैंकको यश वर्ष १५० प्रतिशतले नाफा वृद्धि गरेको हो ।
बैंकले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ६९ करोड ७९ लाख रूपैयाँ रहेको जनाएको छ ।
यस्तै बैंकको ईपीएस ११.६६ रूपैयाँ कायम भएको छ भने पीई रेसियो २१.८७ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १२९.३९ रूपैयाँ छ ।
बैंकले खुद ब्याज आम्दानी बढाएर १ अर्ब ४६ करोड पुर्याएको छ जुन अघिल्लो वर्षको पुस मसान्तसम्म ९३ करोड रूपैयाँ मात्र थियो ।
बैंकको कस्ट अफ फन्ड, खराब कर्जा र ब्याजदर स्प्रेड कम भएको छ भने बेस रेट बढेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ