बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली मह उत्पादन गरेको आरोपमा काठमाडौंको ज्याठाबाट १ जना पक्राउ

६५ सय लिटर मह बरामद
शुक्रबार, ०७ माघ २०७८, ०९ : ०९
शुक्रबार, ०७ माघ २०७८

नक्कली मह उत्पादन गरेको आरोपमा काठमाडौं महानगरपालिका–२७ स्थित ज्याठाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई ज्याठा बस्ने ४७ वर्षीय नरेश श्रेष्ठ छन् ।​ ज्याठास्थित उनको कारखानामा छापा मारेर ६ हजार ५ सय लिटर मह बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । उनले भने–‘सरकारी निकायसँग अनुमती नलिइकन गुणस्तरहीन मह उत्पादन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’

‘स्पर्स’ ब्राण्ड लेखेर महको बट्टामा टाँसेको तर, सो ब्राण्ड सरकारी निकायमा दर्ता गरेको भेटिएको छैन् । चिनी र मैदा लगायतका कच्चा पदार्थलाई पकाएर उनले मह उत्पादन गर्थे । आरोपीमाथि कालोबजारी ऐन अनुसार म्याद लिएर अनुसन्धान गरिने एसएसपी कुँवरले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप