
मेयर रीना साहले दिइन् महिला स्वयंसेविकालाई मोबाइल

रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहले सामुदायिक स्वास्थ महिला स्वयंसेविकालाई मोबाइल बितरण गरेकी छन् । नगरपालिकाको कार्यकक्षमा एक कार्यक्रमका बीच मेयर साहले नगरक्षेत्रभित्र कार्यरत ३६ जना मध्ये २६ जना महिला स्वयंसेविकालाई मोबाइल बितरण गरेकी हुन्।
नगर कार्यपालिका बोर्डको निर्णय अनुसार सबै स्वयंसेविका लाई सामसुङ कम्पनीको स्क्रिनटच मोबाइल बितरण गर्ने योजना अनुसार २६ जनालाई बिहीबार बितरण गरिएको हो । बाँकी १० जनालाई शुक्रबार बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए ।
महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान एवं प्रोत्साहन स्वरूप नवीनतम सूचना र सञ्चारको प्रभावकारितसँग जोड्न स्मार्ट मोबाइल फोन वितरण गरिएको मौलापुर नगर स्वास्थ संयोजक सुरेन्द्र रौनियारले बताए ।
मेयर रीना साहकै पहलमा केही दिन अघि मौलापुर नगरक्षेत्र अन्तर्गत कक्षा १२ मा अध्ययनरत ७० जना छात्रालाई ल्यापटप बितरण गरिएको थियो । त्यसैगरी उनकै अगुवाइमा नगरपालिका भरिका सबै परिवारमा निशुल्क ग्याँस सिलिन्डर चुल्हो बितरण गरि धुँवामुक्त घोषणा गरिएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ