शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

शुक्रबार, ०७ माघ २०७८, १० : ३०
शुक्रबार, ०७ माघ २०७८

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८३ पैसा कायम छ ।  

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्रीदर १० रुपैयाँ ४५ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप