आज रातिबाट काठमाडौंमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने
शुक्रबार, ०७ माघ २०७८, ०७ : ३६
काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आज रातिदेखि जोर बिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बैठकले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी उक्त निर्णय गरेका हुन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।
स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन । त्यस्तै, सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने निर्णय गरिएको प्रजिअ उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा–काठमाडौँ जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने
-
राप्रपाद्वारा मन्थलीका बाढीपीडितहरूलाई राहत सामग्री वितरण
-
कुन तरकारीको मूल्य कति पुग्यो ?
-
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
-
नवरात्री सुरु भएसँगै दक्षिणकाली मन्दिरमा दर्शनार्थीको भीड (फोटोफिचर)
-
पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार