शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आज रातिबाट काठमाडौंमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने

शुक्रबार, ०७ माघ २०७८, ०७ : ३६
शुक्रबार, ०७ माघ २०७८

काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आज रातिदेखि जोर बिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बैठकले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी उक्त निर्णय गरेका हुन् ।   

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।  

स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन । त्यस्तै, सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने निर्णय गरिएको प्रजिअ उपाध्यायले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप