मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

शुक्रबार, ०७ माघ २०७८, ०७ : ३१
शुक्रबार, ०७ माघ २०७८

डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल आर्सनललाई २-० ले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रबेश गरेको छ । बिहिवार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछी लिभरपुलले ६ वर्ष पछि उपाधिका लागि चेल्सिसंगको भेट पक्का गरेको हो । 

भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । खेलको ९० औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछी घरेलु टोली आर्सनल १० खेलाडीमा सिमित भयो ।

यस अघि पहिलो लेग गोल रहित बराबरीमा रोकिएको थियो   । यस्तै चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रबेश गरिसकेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप