शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी सेमिफाइनलमा

बिहीबार, ०६ माघ २०७८, २२ : ३९
बिहीबार, ०६ माघ २०७८

नेपाल आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा साबिक विजेता आर्मीले प्रदेश १ लाई ७–० को फराकिलो गोलले पराजित गर्‍यो । आर्मीका कमला चन्दले ४, नीलिमा पाण्डेले २ र सीतामाया बलले १ गोल  गरे । आर्मीकी अन्जना चन्द प्लेयर अफ दि म्याच घोषित भइन् ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकीले दोस्रो संस्करणको विजेता लुम्बिनी प्रदेशलाई २–० गोलले हरायो । कमलादेवी घर्ती पुन र नानु गुरुङले १–१ गोल गरे । गण्डकीकी सविना पुन राना  प्लेयर अफ दि म्याच बनिन् ।

विजेताद्वयको भेट सेमिफाइनलमा हुने छ । अर्को सेमिफाइनल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच हुने हक्की प्रशिक्षक रञ्जन थापाले जनाए । दुवै सेमिफाइनल शुक्रबार हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप