शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला प्रशासन कार्यालय चितवनद्वारा अत्यावश्यक बाहेकका सेवा वन्द

बिहीबार, ०६ माघ २०७८, २१ : ४४
बिहीबार, ०६ माघ २०७८

जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । शुक्रबारदेखि लागू हुने गरी शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवा रोकिने जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी जरुरी सूचनामा  कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भई उपचाररत तथा आइसोलेशनमा रहेकाले सेवा स्थगन गरिएको उल्लेख गरिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले तीन कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र अन्य केहीको परिवारका सदस्यहरूमा कोभिड–१९ को सङ्क्रमण देखिएकाले उनीहरु आइसोलेशनमा रहेको जानकारी दिनुभयो । नागरिकता जारी गर्ने, राहदानी, संस्था नवीकरणलगायत नियमित काम माघ १४ गतेसम्म रोकिने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप