काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय
काठमाडौं उपत्यकामा माघ ७ गते रातिबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहिबार सो निर्णय गरेका हुन् । माघ ७ गते राति १२ बजेबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए ।
सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ । स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन ।
त्यस्तै, सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने निर्णय गरिएको प्रजिअ उपाध्यायले बताए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण