शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा १२५ जनामा कोरोना संक्रमण

बिहीबार, ०६ माघ २०७८, १९ : ३०
बिहीबार, ०६ माघ २०७८

कर्णाली प्रदेशमा बिहीबार थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ५८ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ३ जना र २६९ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा १२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ।

जुन बुधबारको भन्दा केही कम हो । बुधबार परीक्षण गरिएका मध्ये झण्डै ५६ प्रतिशतमा कोरोना देखिएको थियो भने बिहीबार ३८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
बिहीबार सबैभन्दा धेरै सल्यान जिल्लामा ४६ जनामा कोरोना संक्रमण देखिएको छ भने सुर्खेतमा ३८, कालिकोटमा ३१, जुम्लामा ५ र दैलेखमा ३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै बिहीबार ३३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप