शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल, गठबन्धनको बैठक शुक्रबार बस्ने

बिहीबार, ०६ माघ २०७८, १८ : ३८
बिहीबार, ०६ माघ २०७८

तीन दलका प्रमुख नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ । सत्तारुढ गठबन्धनको आजका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो । 

कोरोना संक्रमणमुक्त भएपछि अध्यक्ष नेपाल शीर्ष तहको भेटमा आजदेखि सहभागी भएका हुन् । बैठकमा स्थानीय चुनावका सन्दर्भमा कुराकानी भएको बताइएको छ । 

शीर्ष नेताहरुबीचको छलफलपछि सत्तारुढ गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रचण्डको स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । 
गठबन्धनको बैठकले चुनावबारे निर्णय गरेर सरकारलाई सिफारिस गर्ने बताइएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप