तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल, गठबन्धनको बैठक शुक्रबार बस्ने
बिहीबार, ०६ माघ २०७८, १८ : ३८
तीन दलका प्रमुख नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ । सत्तारुढ गठबन्धनको आजका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो ।
कोरोना संक्रमणमुक्त भएपछि अध्यक्ष नेपाल शीर्ष तहको भेटमा आजदेखि सहभागी भएका हुन् । बैठकमा स्थानीय चुनावका सन्दर्भमा कुराकानी भएको बताइएको छ ।
शीर्ष नेताहरुबीचको छलफलपछि सत्तारुढ गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रचण्डको स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।
गठबन्धनको बैठकले चुनावबारे निर्णय गरेर सरकारलाई सिफारिस गर्ने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण