शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय नाघ्यो

बिहीबार, ०६ माघ २०७८, १८ : ३४
बिहीबार, ०६ माघ २०७८

अर्घाखाँची जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । आज ३१ जनामा कोभिड संक्रमण पुष्टि भएसँगै अर्घाखाँची जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय १९ पुगेको हो ।

आज सन्धिखर्क नगरपालिकमा १३, मालारानी गाउँपालिकामा ३, शितगंगा नगरपालिकामा १३ र पणिनी गाउँपालिकामा २ जना नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै अर्घाखाँची जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या ४ हजार ६ सय २५ पुगेको छ । यस्तै कोभिडबाट हालसम्म अर्घाखाँचीमा ९१ जनाले ज्यान गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप