शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी प्रेस संगठन नेपालको १५ सदस्यीय सचिवालय

बिहीबार, ०६ माघ २०७८, १८ : २९
बिहीबार, ०६ माघ २०७८

समाजवादी प्रेस संगठन नेपालको १५ सदस्यीय सचिवालय  गठन भएको छ । बिहीबार संगठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा उपलव्ध पदाधिकारीहरूको बैठकले सो निर्णय गरेको हो । बैठकले कात्तिक ३० गते गठन भएको सचिवालयलाई प्रस्तावित विधान अनुसार विस्तार गरी १५ सदस्यीय बनाउने निर्णय गरेको छ । 

विस्तारित सचिवालयमा शम्भु श्रेष्ठ, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, नरेन्द्र साउद, शान्तराम बिडारी, भवानी कार्की, नवराज छत्कुली, बुद्धवीर बाहिङ राई, भुपराज खड्का, रामकुमार एलन, तेजप्रसाद वाग्ले, उर्मिला कुँवर, कृष्णराज गौतम, गौबिन्द चौंलागाईं र सुभाषप्रसाद साह रहेका छन् । 

बैठकले विभिन्न विभागीय जिम्मेवारी समेत तोेकेको छ भने फागुन ७ गतेका लागि तोकिएको राष्ट्रिय भेला तयारी समितिहरु समेत गठन गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप