बहुविवाह मुद्दामा फरार एक प्रतिवादी पक्राउ
बिहीबार, ०६ माघ २०७८, १८ : ११
झापामा ६ वर्षदेखि बहुविवाह मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार सुनसरीको धरानबाट झापा दमकका ३३ वर्षीय सुनील माझीलाई पक्राउ गरेको हो ।
माझीलाई झापा जिल्ला अदालतले २०७२ असार ३० गते बहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना सजाय ठहर गरेको थियो । माझीलाई कैद भुक्तानका लागि कारगार कार्यालय चन्द्रगढी पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूजाको शानदार अर्धशतक, नेपालद्वारा १ सय ४६ रनको लक्ष्य प्रस्तुत
-
नेपाल एयरलाइन्सको तीन दिनलाई बेङ्लोर उडान परिवर्तन
-
भारतीय नागरिकलाई भन्सार एजेन्टका रूपमा राखेका कारण बेथिति सिर्जना भयो : सांसद थापा
-
अमेरिकामा ट्रान्सजेन्डर खेलाडीले महिलाको श्रेणीमा खेल्न नपाउने
-
मिलनको ‘काली’ मा समिक्षाको अभिनय
-
काठमाडौँमा आगामी शनिबार ‘इन्टर स्कुल नेशनल स्केट प्रतियोगिता’ हुने