शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आयोजक सहारालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा

बिहीबार, ०६ माघ २०७८, १७ : ४६
बिहीबार, ०६ माघ २०७८

आयोजक सहारा एकेडेमीलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा विजयी हुँदै एपीएफले अन्तिम आठमा भुटनीज युथ सकर क्लबसँगको भेट पक्का गरेको हो । एपीएफको जितमा आभास लामिछाने र प्रदीप लामाले दुवै हाफमा एक एक गोल गरे । खेलको १४ औं मिनेटमा आभासले बक्स बाहिरबाट एकल प्रयासमा सुन्दर गोल गरेका थिए ।

६० औं मिनेटमा प्रदीपले बक्स भित्र पाएको बललाई नियन्त्रण लिँदै सेकेन्ड बारमा जाली चुमाएका थिए । हारसँगै आयोजक सहारा क्लब प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । १५ माघसम्म हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप