१२ हजार ३३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि
बिहीबार, ०६ माघ २०७८, १७ : २९
देशभर १२ हजारमा ३३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ हजार ४९७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १० हजार ५२ तथा एन्टिजेन विधिबाट २२८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ६४९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १८ हजार ८०९ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै, थप २ लाख ३४ हजार २१४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६३२ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण