बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ताप्लेजुङमा तेस्रो पटक हिमपात

बिहीबार, ०६ माघ २०७८, १७ : १३
बिहीबार, ०६ माघ २०७८

ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ  गाउँपालिका–७ याङमा तीन हजार ४०० सय मिटर उचाई क्षेत्रका बस्तीहरुमा बुधबार रातिदेखि बाक्लो हिमपात भएको हो ।  

हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएका घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए । हिमपातले जनजीवन प्रभावित हुनका साथै पशु चौपाया समेत प्रभावित भएका टासी तेन्जीले शेर्पाले बताए ।

हिमाली क्षेत्रमा प्रमुख पुर्ख्यौली पेसाको रुपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउन मुस्किल पर्ने शेर्पाले बताए । सबैभन्दा याक चौँरीको बाछाबाछीहरूलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाको भनाइ छ । 

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुगोला र भले, ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ । मिक्वाखोला गाउँपालिका(६ तोक्पेगोला र पापुङ बस्तीहरुमा समेत हिमपात  भएको मिक्वाखोला गाउँपालिका(६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए ।

त्यस्तै समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाईमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ । हिमपात भएसँगै यता सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ । ताप्लेजुङमा पहिलो पटक १३ र १४ पुसमा र दोेस्रो  २९ पुसमा गते हिमपात भएको थियो । अहिले ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप