दुई इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति
बिहीबार, ०६ माघ २०७८, १६ : ४६
![दुई इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति](https://rpcdn.ratopati.com/media/albums/dhitopatra_board_2DdikOVQC6.jpg)
धितोपत्र बोर्डले दुईवटा इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ । बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई जिम्मेवारी दिएपछि हकप्रद सेयर दुईवटा कम्पनीले निष्कासनको अनुमति पाएका हुन् ।
बोर्डले शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको हो । शिखर इन्स्योरेन्सले १० : ३ को अनुपातमा र आईएमई जनरलले १० :४ को अनुपातमा सेयर निष्कासनको अनुमति पाएको छ ।
बोर्डले विगत पाँच महिनादेखि साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासनको अनुमति दिएको थिएन । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको भित्रि कारोबारमा संलग्न भएको पाइएपछि बोर्ड नेतृत्वविहीन हुँदा अनुमति दिइएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाअध्यक्ष शाहलाई साधारण सदस्य नरहने गरी कारबाही गर्ने एमालेको निर्णय
-
अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस मनाइयो
-
बाँदरको बन्ध्याकरणका लागि ऐन, कानुन बनाउन विज्ञको सुझाव
-
सरकारी खर्च मितव्ययी बनाउन सरकारले जारी गर्यो नयाँ मापदण्ड
-
सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा चार जना पक्राउ
-
हातमा हतकडी र खुट्टामा सिक्री, यसरी गरिएको थियो अमेरिकाबाट भारतीयहरूलाई निर्वासित