शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लियाेनल मेस्सी अर्जेन्टिनी टिम बाहिर

बिहीबार, ०६ माघ २०७८, १६ : ०५
बिहीबार, ०६ माघ २०७८

विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि फरवार्ड लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा भएको छ । 

प्रशिक्षक लियोनल स्कोलानीले कोभिड-१९ संक्रमणमबाट निको भएर फर्किए पनि मेस्सी पछिल्लो एक महिनादेखि मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको बताएका छन् ।

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेस्सी पछिल्लो एक महिनापछि बुधबार मात्रै मैदान फर्किएका छन् । मेस्सीले पछिल्लो पटक २२ डिसेम्बरमा लिग वानमा लोरियन्टविरुद्ध खेलेका थिए । 

मेस्सी टिम बाहिर रहँदा पाउलो डिबलाले टोलीमा पुनरागमन गरेका छन् । यस्तै संन्यास लिएका सर्जियो अग्वुइरो बाहिर रहँदा लौटारो मार्टिनेज टोलीमा निरन्तरता पाएका छन् । 

ब्राजिलसँगै अर्जेन्टिनाले दक्षिण अमेरिकाबाट कतार विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गरिसकेको छ । अर्जेन्टिनाले विश्वकपअन्तर्गत बिहीबार चिलीको भ्रमण गर्नेछ भने त्यसको पाँच दिनपछि कोलम्बियालाई आतिथ्य गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप