बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टोंगामा बिस्फोट भएको ज्वालामुखीको तीब्रता हिरोशिमामा भएको परमाणु हमलाभन्दा ५ सय गुणा बढी

बिहीबार, ०६ माघ २०७८, १५ : ५९
बिहीबार, ०६ माघ २०७८

दक्षिण प्रशान्त द्वीप समूह टोंगामा अघिल्लो हप्ता समुद्रमा ज्वालामुखी फुटेको थियो । त्यसपछि टोंगाको सम्पर्क अन्य देशसँग काटिएको छ किनभने सञ्चार प्रणाली क्षतीग्रस्त भएको छ । न्युजिल्याण्ड सरकारका अनुसार यो ठिक हुन एक महिना लाग्न सक्छ । ज्वालामुखी बिस्फोट हुँदा सुनामी आएको थियो । 

नासाका वैज्ञानिक जेम्स गार्विनले ज्वालामुखीमा बिस्फोट भएको बिस्फोट अमेरिकाबाट सन् १९४५ मा हिरोशिामा खसालिएको १० मेगाटन क्षमताको परमाणु बमभन्दा पाँच सय गुणा बढी थियो । 

पानीभित्र ज्वालामुखी कसरी फाट्यो, यसबारे थाहा पाऔँ :

संसारमा कति ज्वालामुखी छन् ?

संसारमा १३५० सक्रिय ज्वालामुखी छन् । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार यीमध्ये धेरैजसो प्रशान्त क्षेत्रका ४० हजार किमीको दायरामा छन् । यसलाई रिङ अफ फायर भनिन्छ । यही संसारको ९० प्रतिशत भूकम्पका लागि जिम्मेवार छन् । 

पानीभित्र ज्वालामुखी कसरी बिस्फोट हुन्छन् ?

समुद्रमा लगभग १० लाख ज्वालामुखी छन् । यीमध्ये अधिकांस लोप भइसकेका छन् । ग्लोबल फाउन्डेशन फर ओसन एक्सप्लोरेशन ग्रुपका अनुसार सबै ज्वालामुखी गतिविधिमध्ये लगभग तीन चौथाई पानीमा हुन्छन् । 

जब ज्वालामुखी बिस्फोट हुन्छन् तब धर्तीको सतहतर्फ आउँदै गरेको म्यागमाका कारण ज्वालामुखसीको ग्यास निस्कन्छन् । यी बाहिर आउनका लागि बाटोको खोजी गर्छन् । यसले एउटा दबाब सिर्जना हुन्छ । यो ग्यास जब पानीसम्म पुग्छ तब पानीमा बाफ उत्पन्न हुन्छ, यसले दबाब बढ्छ । 

कसरी आयो सुनामी ?

अष्ट्रेलियाको ज्वालामुखी विशेषज्ञ रे केसका अनुसार टोंगाको बिस्फोटको तीब्रताबाट यो संकेत मिल्छ कि ठूलो मात्रामा ग्यास भारी दबाबका साथ निस्कने गर्छ । पानीको बाटो हुँदै अघि बढिरहेको झट्काको तरङ्ग सुनामीमा परिवर्तन भएको पनि हुनसक्छ । 

कहाँसम्म रह्यो, ज्वालामुखी बिस्फोटको असर ?

गार्विनका अनुसार यस्तो बिस्फोट सय वर्षमा कहिल्यै देखिएको थिएन । यो बिस्फोटको आवाज ९७४४ किलोमिटर टाढा अलास्कासम्म पुग्यो । करिब २३०० किमीमिटर टाढा न्युजिल्याण्डमा त बिस्फोटबाट उठेका छालले हानी पनि पुर्यायो ।

नासाले अबको लामो समयसम्म यस्तो भीषण बिस्फोट हुने सम्भावना निकै कम रहेको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप