शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगा एकीकृत समाजवादी संगठन विस्तार अभियानमा

बिहीबार, ०६ माघ २०७८, १५ : ४९
बिहीबार, ०६ माघ २०७८

नेकपा (एकीकृत समाजवादी) ले जिल्लाका आठ स्थानीय तहलाई तीन क्लष्टरमा विभाजन गरेर संगठन विस्तारको अभियान सुरु गरेको छ । आठमध्ये खिजीदेम्वा, लिखु र चम्पादेवी एक क्लष्टर, सुनकोसी, मानेभञ्ज्याङ र मोलुङ दुई क्लस्टर र चिशंखुगढी र सिद्धिचरण नगरपालिका तीन क्लस्टरमा बाँडेर नेताहरूको जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष हंसराज वाग्लेले बताए । 

सचिवालय बैठकबाट अभियान सञ्चालनको रणनीति तयार गरिएको सो पार्टीले जनाएको छ । तीन क्लष्टरमा जिल्लाका पदाधिकारीहरूको अगुवाइमा सचिवालय सदस्य र जिल्ला सदस्यहरूको जिम्मेवारी तोकिएको छ । माघभरिमा अधिकांश वडाहरूको कमिटी निर्माण गरिसक्ने लक्ष्य राखिएको उपसचिव कमल खड्काले बताए । 

यसअघि पहिलो चरणको अभियानमा केही पालिका र वडाहरूको कमिटी गठन भइसकेको छ । संगठन  विस्तारका लागि कार्यकर्ता तहमा माग भए पनि नेताहरू पुग्न नसकेको गुनासोलाई ध्यानमा राखेर जिल्ला अध्यक्ष वाग्ले, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज नेत्र भट्टराई र केन्द्रीय सदस्य निर्मला श्रेष्ठको टोली आवश्यकता र मागका आधारमा वडा तहमा पुग्ने गरी जिम्मेवारी तोकिएको छ । 

एकीकृत समाजवादीको पूर्ण बैठक फागुनमा बोलाइएको जिल्ला इञ्चार्ज भट्टराईले जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप