३८ अंकको करेक्सनपछि नेप्सेमा ३२ अंकको सुधार, कारोबार झन् खस्कियो
बुधबारको ३८ अंकमाथिको करेक्सनपछि आज नेप्सेमा ३२ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बिहीबार नेप्से सूचक ३२.९६ अंकले बढ्दै २९ सय ३१.२६ विन्दुमा उक्लिएको हो ।
गत बुधबार यस्तो सूचक अधिकतम ३८.३५ अंकले घट्दै २८ सय ९८.३१ बिन्दुमा अडिएको थियो । तर, आज ३२ अंक माथिले नेप्से सूचक उकालो लागिराख्दा यता कारोबार भने गत बुधबारको भन्दा पनि तल झरेको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन ३२ अंक बढेको बजारमा जम्मा ५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
जबकि गत बुधबार ३८ अंक माथिले घटेको बजारमा ६ अर्ब २ करोड १३ लाख रुपैयाँको कारोबार भएको थियो । आज दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने झण्डै दर्जन हाराहारीका कम्पनीहरुको सेयर मूल्य ६ प्रतिशत माथिले बढेको छ । यसदिन आईसीएफसी फाइनान्स लिमिटेडका डिभेन्चर लगानीकर्ताहरूले अधिकतम ४.३९ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फर्पिङमा महिलाको शव फेला, हत्याको आशंका
-
कुशल भुर्तेलका रुपमा नेपालले दोस्रो विकेट गुमायो
-
बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
ड्राइभिङ लाइसेन्स छापिसक्न अझै डेढ वर्ष लाग्छ : मन्त्री महासेठ
-
डिसेम्बरमा मरेको मान्छेले जनवरीमा जमानत मागेपछि....