शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह रिक्त हुनेगरी चुनाव सार्ने निर्णय असंवैधानिक हुन्छ : गगन थापा

बिहीबार, ०६ माघ २०७८, १४ : ५६
बिहीबार, ०६ माघ २०७८

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले गर्ने हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्ने बताएका छन् । बिहीबार ट्विटमार्फत महामन्त्री थापाले स्थानीय तहलाई रिक्त राखेर संघीय निर्वाचन हुननसक्ने बताएका हुन् ।

सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचनभन्दा पहिले नै संघीय निर्वाचन गर्ने विषय प्रवेश भएपछि थापाले निर्वाचनबारे निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुने बताए । उनले ट्वीटमा भनेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन । अतः निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।’

असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकार भन्दै महामन्त्री थापाले सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्ने बताए 

‘ काँग्रेस प्रष्ट छ, असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ,’ थापाले भने ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा भने स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने पक्षमा छन् ।

काँग्रेसका नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र उपसभापति पूर्णबहादुर खड्का स्थानीय तहको निर्वाचन सार्ने पक्षमा देखिको बेला महामन्त्री थापाले भने देउवाको प्रस्तावमा साथ दिने संकेत देखाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप