शीतलहरबाट बाराको जनजीवन अस्तव्यस्त
केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्याधिक जाडो बढन थालेपछि यहाँका जनजीवन प्रभावित बनेको छ । गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ ।
ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कँदा हाटबजार, सरकारी कार्यालय, यातायात समेतमा चहलपहल कम देखिएको छ । यही माघ १५ गतेसम्म विद्यालय कोभिडका कारण बन्द हुने जनाइएको छ ।
त्यसैगरी मधेस प्रदेशको नामकरण भएको खुसीयालीमा प्रदेश सरकारले दुई दिन बिदा दिएको हुँदा पनि कर्मचारी जाडोबाट केही राहत महसुस गरेका छन् । अत्यधिक जाडो बढेपछि सर्वसाधारणले ठाउँठाउँमा आगो बालेर जाडो छल्ने गरेका छन् भने जिल्लाको १६ स्थानीय तहमा रहेको विपद व्यवस्थापन समितिले न्यानो कपडा कम्बल वितरण गर्दै ठाउँ ठाउँमा आगो ताप्ने प्रबन्धसमेत मिलाएको सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशङ्कर यादवले जानकारी दिए ।
अहिलेसम्म जाडोका कारण जिल्लामा मानवीय क्षति नभएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी