तोडियो आईपीओ खडेरी, पाँच महिनापछि पाँच कम्पनीले पाए अनुमति
![तोडियो आईपीओ खडेरी, पाँच महिनापछि पाँच कम्पनीले पाए अनुमति](https://rpcdn.ratopati.com/media/albums/ipo-share-cartoon_jo021p2qPL.jpg)
साधारण सेयर (आईपीओ)को खडेरी तोडिएको छ । विगत पाँच महिनादेखि कुनै पनि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएका थिएनन् । बोर्डबाट अन्तिम पटक साउन १४ गते दुई वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका थिए ।
त्यसको पाँच महिनापछि पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सेयरको भित्रि कारोबारमा मुछिएपछि बोर्ड नेतृत्व विहीन थियो । त्यसयता बोर्डको कार्यकारी रुपमा नेतृत्व सम्हाल्दै आएका निरज गिरीलाई सरकाले आईपीओ निष्कासनको अनुमति दिने अधिकार दिएको थिएन ।
सोहीकारण, बोर्डले पछिल्लो पाँच महिनायता कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन सकेको थिएन । बोर्डका कार्यकारी निर्देशक गिरीलाई अध्यक्ष ग्रहण अधिकार दिएलगत्तै पाँच वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका हुन् । बोर्डकी प्रवक्ता दीपा दाहालले हिजोको बोर्डको बैठकले आईपीओ अनुमति दिएको जानकारी दिइन् ।
ग्रिन भेञ्च, बलेफी हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्रिय उत्थान लघुवित्त, नेसडो समृद्ध लघुवित्तले आईपीओ निष्कासन अनुमति पाएका हुन् । ग्रिन भेञ्चरले स्थानीय र सर्वसाधारणलाई गरेर ६२ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको छ ।
यस्तै, बलेफी हाइड्रोले ३६ लाख ५५ हजार ९४० कित्ता, नेसडोले ८ लाख २८ हजार ७५० कित्ता, राष्ट्र उत्थानले ८ लाख ५० हजार कित्ता र जाल्पाले ५ लाख २२ हजार कित्ता सेयर निष्कासनको अनुमति पाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान