बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा एमाले–लोसपा गठबन्धन

बिहीबार, ०६ माघ २०७८, १४ : २१
बिहीबार, ०६ माघ २०७८

राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा विपक्षी दलबाट नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन गर्ने सहमति भएको छ । सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् । 

बिहीबार भएको सहमतिमा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् । 
दुई पार्टीबीच गठबन्धन भएपनि यसअघि नै सत्तारुढ गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच गठबन्धन भइसकेको छ।  प्रदेश दुईमा दुई गठबन्धन बनेपनि सत्ता गठबन्धन बलियो अवस्थामा रहेको छ।  राष्ट्रिय सभा निर्वाचन माघ १२ गते हुँदैछ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप