हाल सञ्चालित परीक्षाबारे निर्णय गर्ने जिम्मा सीसीएमसीलाई
सरकारले परीक्षा हलको अवस्था अनुगमन गरेर सीसीएमसी निर्देशक समितिमार्फत थप निर्णय गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे आवश्यक निर्णय गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।
कोरोना संक्रमणमा लगातार वृद्धि आएपछि हाल विद्यालयहरु बन्द रहे पनि स्वास्थ्य मापदण्ड पालना गरी विभिन्न परीक्षा सञ्चालन हुँदै आएको छ । पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयले धमाधम विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
सोही क्रममा बुधबार कोरोना संक्रमितलाई परीक्षा हलमा सँगै राखिएको भन्दै काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा विद्यार्थीहरुले तालाबन्दी गरेका थिए । स्थिति तनावपूर्ण भएपछि प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो भने प्रहरीसँगको झडपमा केही विद्यार्थी घाइतेसमेत भए ।
बुधबार स्वास्थ्य मापदण्डको पालना नगरेको भन्दै पुतली सडकस्थित हिमालय ह्वाइट हाउस कलेजमा पनि विद्यार्थीहरूले परीक्षा बहिष्कार गरेका थिए । कतिपय विद्यार्थी स्वयम् कोरोना संक्रमित भएका बेला विश्वविद्यालयले परीक्षा सञ्चालन गरेर जोखिम बढाएको भन्दै विद्यार्थीहरूले परीक्षा सार्न माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली