शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घट्यो अन्तर आबद्धता शूल्क, एउटा कम्पनीबाट अर्कोमा कल गर्दा प्रतिमिनेट १० पैसा मात्रै

बिहीबार, ०६ माघ २०७८, १३ : ४२
बिहीबार, ०६ माघ २०७८

नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर आबद्धता शूल्क घटाएको छ । एउटा कम्पनीको नम्बरबाट अर्को कम्पनीको नम्बरमा फोन गर्दा लाग्ने शूल्क घटेको छ । वि.स.२०७६ सालदेखि नै लागू गर्ने भनिएपनि दुई ढिला लागू भएको हो ।

प्राधिकरणले एउटा कम्पनीबाट अर्को कम्पनीको नम्बरमा फोन गर्दा एकैपटक ४४ पैसा शूल्क घटाएको हो । यसअघि, एउटा कम्पनीको सिमबाट अर्को कम्पनीमा फोन गर्दा प्रतिमिनेट ५४ पैसा शूल्क लाग्थ्यो । अब प्रतिमिनेट १० पैसा मात्र शूल्क लाग्ने छ ।

उदाहरणका लागि नेपाल टेलिकमका ग्राहकले एनसेलमा फोन गर्दा यसअघि प्रतिमिनेट ५४ पैसा शूल्क तिर्नुपथ्यो । अब भने तीनै ग्राहकले १० पैसा तिरे हुनेछ । यो नियम स्मार्ट टेलिकमका ग्राहकको हकमा पनि लागू हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप