मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा एक युवतीको  हत्या

बिहीबार, ०६ माघ २०७८, १३ : ३८
बिहीबार, ०६ माघ २०७८

धनुषामा एक युवतीको हत्या भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ६ स्थित मालटोलमा अवस्थित आँपको बगैँचामा अन्दाजी २५ वर्षीया युवतीको हत्या भएको अवस्थामा शव फेला परेको हो । टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए ।

युवतीको पहिचान भने खुलिसकेको छैन । यता घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । ती युवतीको बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका धनुषा प्रहरीले गरेको छ । यता सो घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप