बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खेसरीलाल मदानी महोत्सवमा भाग लिन रौतहट आउँदै

बिहीबार, ०६ माघ २०७८, १३ : २२
बिहीबार, ०६ माघ २०७८

भोजपुरी फिल्मका सुपरस्टार खेसरीलाल यादव रौतहट आउने भएका छन् । मौलापुर नगरपालिकाले बर्सेनि आयोजना गर्दै आएको मदानी महोत्सवमा भाग लिनका लागि गायकसमेत रहेका अभिनेता यादव रौतहट आउन लागेका हुन् ।

‘१७ फागुनमा खेसरीलाल मौलापुरमा आउने तय भएको छ,’ नेकपा एमाले जिल्ला कमिटी सदस्य निवेश यादवले भने । उनका अनुसार सो बारेमा आयोजक र अभिनेता बीच समझदारी भइसकेको छ ।

केही दिनअघि सुनसरीमा आयोजना भएको एक कार्यक्रममा आउने क्रममा भएको झडपमा उनको गाडी तोडफोड भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप