शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

बिहीबार, ०६ माघ २०७८, १३ : १४
बिहीबार, ०६ माघ २०७८

१६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सुरेन्द्र ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीले आफुलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरी गरेपछि बुधवार राति नै ऋषिदेवलाई पक्राउ गरिएको हो ।

सुरेन्द्रले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुन  साथ इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो ।  मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ऋषिदेव माथि थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप