आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियू क्रान्तिकारीको माग

बिहीबार, ०६ माघ २०७८, १२ : ३२
बिहीबार, ०६ माघ २०७८

अनेरास्ववियू क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड–१९ बाट ग्रसित नेपाली जनतालाई आहत दिने काम गरेको भन्दै क्रान्तिकारीले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी मूल्यवृद्धिको विरोध गरेका हुन् । आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा तीन–तीन रुपैयाँका दरले,आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर एक सय अमेरिकी डलर मूल्य बढाएको थियो ।

‘शेरबहादुर देउवा नेतृत्वको सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर कोभिड-१९ बाट प्रताडित नेपाली जनताको ढाड सेक्ने काम गर्दै आइरहेको छ । उक्त कार्यको हाम्रो संगठन घोर निन्दा एवं भत्सर्ना गर्दछ, जसले जनताको दैनिकी चल्न नसक्ने र चुल्होसमेत नबल्ने अवस्था सिर्जना हुन पुगेको छ, जसकारण पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार र नेपाल आयल निगमसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप