सांग्रिला डेभलपमेन्ट बैंकको नाफा झण्डै ५९ प्रतिशतले बढ्यो
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा झण्डै ५९ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यस्तो नाफा बैंकले अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ४८ लाख ५ हजार रुपैयाँ कमाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्ष ५८.८७ ले बढी हो ।
बैंकले अघिल्लो महिना अर्थात् पुस मसान्तसम्म २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी ४६.८१ प्रतिशतले वृद्धि गर्दै ७९ करोड ५८ लाख ८३ हजार रुपैयाँ कमाएको छ भने सञ्चालन नाफा ६८.१६ प्रतिशतले वृद्धि गर्दै ३७ करोड ४१ लाख २८ हजार रुपैयाँ कमाएको छ ।
बैंकको नाफामा बढ्दै गर्दा यता प्रतिसेयर आम्दानी पनि बढेको छ । सांग्रिलाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ । बैंकको चुक्ता बढेर पुँजी ३ अर्ब नाघेको छ ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार जना प्रहरी उपरीक्षक वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस
-
तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की
-
सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोलीदेखि रवि लामिछाने ४१ दिनपछि काठमाडौँमासम्म
-
झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
-
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने