बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा झण्डै ५९ प्रतिशतले बढ्यो

बिहीबार, ०६ माघ २०७८, १२ : २९
बिहीबार, ०६ माघ २०७८

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा झण्डै ५९ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यस्तो नाफा बैंकले अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ४८ लाख ५ हजार रुपैयाँ कमाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्ष ५८.८७ ले बढी हो । 

बैंकले अघिल्लो महिना अर्थात् पुस मसान्तसम्म २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी ४६.८१ प्रतिशतले वृद्धि गर्दै ७९ करोड ५८ लाख ८३ हजार रुपैयाँ कमाएको छ भने सञ्चालन नाफा ६८.१६ प्रतिशतले वृद्धि गर्दै ३७ करोड ४१ लाख २८ हजार रुपैयाँ कमाएको छ ।

बैंकको नाफामा बढ्दै गर्दा यता प्रतिसेयर आम्दानी पनि बढेको छ । सांग्रिलाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ । बैंकको चुक्ता बढेर पुँजी ३ अर्ब नाघेको छ । 
पुस मसान्तसम्म आइपुग्दा बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप