शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कार्यालय प्रमुखलाई कोरोना देखिएपछि सेवा स्थगित

बिहीबार, ०६ माघ २०७८, १२ : १९
बिहीबार, ०६ माघ २०७८

कार्यालय प्रमुखलाई कोरोनाभाइरस संक्रमण भएपछि खोटाङको ईलाका प्रशासन कार्यालय खोटाङ बजारको सेवा स्थगित गरिएको छ । कार्यालय प्रमुखलाई कोभिड–१९ पोजेटिभ पुष्टि भएपछि बुधबारदेखि ईलाका प्रशासन कार्यालयको सम्पूर्ण सेवा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको हो ।

अन्य कर्मचारीहरू होम क्वारेन्टिनमा बस्नु पर्ने भएकाले सेवा स्थगित गर्नुपरेको ईलाका प्रशासन कार्यालयले जनाएको छ । खोटेहाङ गाउँपालिका-७ खोटाङ बजारस्थित ईलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुंगा, बराहपोखरी गाउँपालिकाका सेवाग्राही मारमा परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप