बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निफ्राको नाफा २५.६६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा भने गिरावट

बिहीबार, ०६ माघ २०७८, १२ : ०३
बिहीबार, ०६ माघ २०७८

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा अधिकतम २५.६६ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमाससम्ममा कुल ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । 
अघिल्लो वर्षको सोही समयमा बैंकले कुल ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तुलनात्मक रुपमा अघिल्लो वर्षभन्दा यस वर्ष बैंकले २५.६६ प्रतिशतले आफ्नो नाफा वृद्धि गरेको हो । 

यसअवधिमा बैंकले आफ्नो खुद ब्याज आम्दानी ४४.६१ प्रतिशतले वृद्धि गर्दै कुल ८२ करोड ३५ लाख ५६ हजार रुपैयाँ कमाएको छ भने सञ्चालन नाफा २५.५७ प्रतिशतले वृद्धि गर्दै ६३ करोड २३ लाख २१ हजार रुपैयाँ नाफा गरेको छ । 
यद्यपि, समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने घट्न पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४४ पैसाले घटेर ४ रुपैयाँ ४३ पैसामा सीमित भएको छ । 
बैंकले हालै मात्र पहिलो पटक सेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त बोनस पुँजीकृत भएपछि बैंकको चुक्ता पुँजी बढेर २१ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ । जसका कारण पनि अहिलेको प्रतिसेयर आम्दानी लगायत सूचकमा परिवर्तन आउन सक्नेछ । बैंकको अहिलेको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप