शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस

बिहीबार, ०६ माघ २०७८, ११ : ४५
बिहीबार, ०६ माघ २०७८

काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं  9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।

बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बेहोस  भएको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

बेहोस  यात्रुको समाचार तयार पार्दासम्म होस आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप