शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वभर एक हप्तामा २० प्रतिशत संक्रमित बढे, डब्ल्यूएचओले चेतावनी दिँदै भन्यो, ‘छिट्टै आउन सक्छ खतरनाक भेरियन्ट’

बिहीबार, ०६ माघ २०७८, ११ : ४३
बिहीबार, ०६ माघ २०७८


कारोना महामारीको खतरा अहिलै नै रोकिएको छैन । संसारभरी पछिल्लो एक हप्तामा कोरोना संक्रमितको संख्यामा २० प्रतिशतको वृद्धि भएको छ । डब्ल्यूएचओका अनुसार कोरोना संक्रमित बढ्दा नयाँ भेरियन्ट आउने खतरा बढेको छ । 

विशेषज्ञका अनुसार हरेक संक्रमणले भाइरसलाई म्युटेट हुन मौका दिन्छ जबकी ओमिक्रोन यति तीब्र रुपमा फैलिरहेको छ कि उसले नयाँ भेरियन्टका लागि पूरा माहौल तयार पारेको छ । यसले प्राकृतिक इम्युनिटीका साथै भ्याक्सिनलाई पनि झुक्याइरहेको छ र मानिसलाई संक्रमित गरिरहेको छ । 

विशेषज्ञका अनुसार नयाँ भेरियन्ट साधारण हुनेछ वा अत्यधिक गम्भीर, अहिले नै यसबारे केही भन्न सकिने स्थिति छैन । यस्तोमा कोरोना प्यान्डेमिक अब एन्डेमिकतर्फ बढिरहेको छ भन्नु पनि सही नभएको विशेषज्ञको धारणा छ । 
यस्तै, डब्ल्यूएचओका अनुसार जबसम्म संसारभरीका सबै देशमा समान रुपमा भ्याक्सिन लगाइँदैन, नयाँ भेरियन्टको खतरा रहिरहनेछ । 

पछि आउने भेरियन्ट ओमिक्रोनभन्दा हल्का हुनैपर्छ भन्ने छैनः

स्वास्थ्य विज्ञले भनेका छन्, ‘कोरोनाको आउँदो भेरियन्ट ओमिक्रोनभन्दा हल्का हुनेछन् भनेर हामी भन्न सक्दैनौँ । साथै यसमाथि भ्याक्सिनको कस्तो प्रभाव पर्नेछ  भन्ने पनि थाहा छैन ।’

बोस्टन युनिभर्सिटीका महामारी वैज्ञानिक लियोनार्डो मार्टिनसले ओमिक्रोन तीब्र रुपमा फैलिएका कारण भाइरस थप म्युटेशन हुनेछ, जुन नयाँ र खतरनाक भेरियन्टको कारण बन्ने बताएका छन् । 

आँकडाले पनि यसैतर्फ इशारा गरिरहेको छ । मध्य नोभेम्बरपछि ओमिक्रोन संसारभरी आगो झैँ फैलिरहेको छ । साथै, अनुसन्धानले बताउँछ कि यो डेल्टाभन्दा दुई गुणा बढी र उहानमा भेटिएको भाइरसभन्दा चार गुणा तीब्र गतिमा फैलिरहेको छ । ओमिक्रोनले ती मानिसलाई पनि संक्रमित पारिरहेको छ, जो डेल्टाद्वारा संक्रमित भइसकेका छन् । साथै, जसले भ्याक्सिन लगाइरहेका छन्, उनीहरुलाई पनि तीब्र रुपमा आफ्नो चपेटामा पारिरहेको छ । 

नयाँ भेरियन्ट बन्नुका थुप्रै कारण हुनसक्छन्ः

– कमजोर प्रतिरोध क्षमता भएका ज्येष्ठ नागरिक र गम्भीर रोगबाट पीडित व्यक्ति
– यी व्यक्ति संक्रमित हुँदा भाइरसको म्युटेशनको खतरा बढी हुन्छ
– ओमिक्रोन भेरियन्ट पनि एचआइभी पीडित व्यक्तिबाट म्युटेट भएर आएको हो । 

जनावरः

जनावर नयाँ भेरियन्ट बन्नका लागि सबैभन्दा राम्रो माध्यम हुनसक्छन्
– घर पालुवा कुकुर, बिरालोलगायत जनावर निकै सजिलै भाइरसको चपेटामा आउन सक्छन्
– यसमा भाइरस म्युटेट भएर उनीहरु नजिकैका व्यक्ति संक्रमित हुनसक्छन् । 

दोहोरो संक्रमणः

ओमिक्रोन र डेल्टा मिलेर दोहोरो संक्रमणको कारण बन्न सक्छ । यस्तोमा नयाँ भेरियन्टमा दुबै गुण हुँदा यो खतरनाक हुनसक्छ । 

कमजोर प्रतिरोधी क्षमता भएकाहरु यसको कारण बन्नेछन्ः

कोरोनाको तेस्रो लहर बढी घातक नभएका कारण धेरैजसो देशमा कडा प्रतिबन्ध लागू गरिएको छैन । यस्तोमा स्वस्थ र युवावर्ग काममा र स्कूल गइरहेका छन् । यसैकारण उनीहरु छिट्टै संक्रमित हुने सम्भावना छ । ओमिक्रोनको लक्षण नदेखिएका कारण पनि यी मानिस भाइरसको स्प्रेडर बनिरहेका छन् । उनीहरुको घरकै ज्येष्ठ नागरिक र अन्य कमजोर प्रतिरोधी क्षमता भएकाहरु संक्रमित हुने खतरा बढी छ । कमजोर प्रतिरोधी क्ष्मता भएकाहरुमा खतरनाक म्युटेशन हुने सम्भावना बढी हुनेछ ।

जोन हपकिन्स युनिभर्सिटीका इन्फेक्सन डिजिज विशेषज्ञ डा. स्टुअर्ट क्याम्बेल रेका अनुसार यो लामो प्रक्रियाले नयाँ भेरियन्ट बन्ने आधारत तय गर्छ ।  यो त्यतिबेला हुन्छ जब तपाईं गम्भीर रुपमा संक्रमित हुनुहुन्छ  ।

भाइरस समयसँगै कम घातक हुँदैनन्ः

​यदि कोही भाइरसले आफ्नो होस्टलाई मारिदिन्छ भने यो तीब्र रुपमा फैलिँदैन भन्ने मान्यता राखिन्छ तर भाइरस सधैँ समयसँगै कम घातक भने हुँदैन । क्याम्बेल रेका अनुसार यदि संक्रमित व्यक्तिमा सुरुमै साधारण संक्रमण छ भने यो अरुमा फैलिन्छ, उनीहरु गम्भीर रुपमा बिरामी हुन पनि सक्छन्, यस्तो अवस्थामा भेरियन्ट आफ्नो उद्देश्य पाउन सफल हुन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप