मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीद्वारा प्रदर्शन

बिहीबार, ०६ माघ २०७८, ११ : ४०
बिहीबार, ०६ माघ २०७८

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा राजधानीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।  विद्यार्थीहरुले काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले महामारीका बीच मूल्यवृद्धि गरिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । 

निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँ  मूल्यवृद्धि गरेको थियो । यस्तै हवाइ इन्धनको पनि मूल्य वृद्धि गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप